Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • लकडाउनमा पनि कालोबजारी, तीन जना पक्राउ

    लकडाउनमा पनि कालोबजारी, तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.2K
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको समयमा कालोबजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जनपरधाम उप–महानगरपालिका ४ वस्ने ४८ वर्षीय प्रदिप अग्रवाल, २० वर्षीय अंकित साह र अर्का २० वर्षीय विकासकुमार साहलाई प्रहरीको अनुगमन टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

    कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लक डाउनको फाइदा उठाउँदै कालोबजारी उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । घरबाट कोही कसैलाई बाहिर निस्कन आग्रह गरेको समयमा आलु प्रतिकिलो ५० रूपैयाँ र प्याज प्रति किलो १०० मा बेचिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार