Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • लकडाउनमा पनि लागूऔषध कारोबार, एक पक्राउ

    लकडाउनमा पनि लागूऔषध कारोबार, एक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 3.3K
    SHARES

    परासी । कोरोनाको त्रास र लकडाउनको समयमा पनि लागूऔषध कारोबारीको धन्दा रोकिएको छैन।

    पश्चिम नवलरासीमा प्रहरीले लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार बेलुका सरावल गाउँपालिका–४ ललितपुरस्थित भित्री सडकमा चेक गर्ने क्रममा बर्दघाट नगरपालिका १३ का ५९ वर्षीय सुरेन्द्र चमारलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको गरेको हो ।



    प्रहरीले युपी १६ एच ७५७१ नम्बरको भारतीय मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको ५ सय ७६ थान स्पास्मो, ६ सय थान नाईट्रोभेट र १ सय बोतल ओनरेक्स बरामद गरेको छ ।  चमारलाई लागूऔषध ओसारपसार सम्बन्धि कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार