Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना संक्रमितकाे संख्या बढ्ने सम्भवना देखिएपछि मन्त्रालयले चाल्याे यस्ताे कदम

    कोरोना संक्रमितकाे संख्या बढ्ने सम्भवना देखिएपछि मन्त्रालयले चाल्याे यस्ताे कदम

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूप लिएकाे काेराेना भाइरसका कारण अधिकांश मुलुकमा सन्त्रास छाएकाे छ। साेही क्रममा नेपालमा पनि काेराेना
    संक्रमितकाे संख्या बढ्ने सम्भावना देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वस्थ्याकर्मीकाे माग गरेकाे छ।

    मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणसम्बन्धी कामको लागि १ सय ३४ जना डाक्टर तथा नर्स माग गरेको छ। मन्त्रालयले विज्ञापन निकाल्दै इच्छुकलाई एक साताभित्र आवेदन दिन भनेको छ।



    मन्त्रालयले करारमा मागेकोमा एक सय जना नर्स, ७ जना जनरल फिजिसियन, ७ जना एनेस्थेसियाजेजिष्ट र २० जना मेडिकल अधिकृत रहेका छन्। कोरोना भाइरसका संक्रमित बढ्ने देखिएपछि सरकारले डाक्टर तथा नर्सहरु माग गरेको हो।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार