Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हङकङमा नेपाली युवा कोरोना भाइरसबाट संक्रमित

    हङकङमा नेपाली युवा कोरोना भाइरसबाट संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.5K
    SHARES

    हङकङ। हङकङमा एक नेपाली युवा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । पोखरा स्थायी घर भएका उनको स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी अस्पतालमा उपचाररत छन्।

    १० वर्षदेखि हङकङमा बसोबास गर्दै आएका उनी हङकङमा नाइट लाइफका लागि चर्चित लान क्वाइ फोङको बारमा काम गर्दै आएका थिए।



    हङकङको सेङ सुइस्थित नर्थ डिष्ट्रिक अस्पतालको आइसीयुमा उनको उपचार भइरहेको छ। गुरुङ थरका ती युवाले आफु स्वस्थ र तन्दुरुस्त नै भएको बताउँदै कोरोना पोजेटिभ आएपनि आत्मविश्वास नगुमेको अस्पतालबाटै उल्लेख गरेका छन् ।



    आफुसँगै काम गर्ने व्यक्तिलाई संक्रमण भएको भेटिएपछि परिक्षण गर्दा आफ्नो पनि पोजेटिभ आएको उनले वताएका छन् । हङकङमा पहिलो नेपाली गुरुङसहित कोरोना संक्रमितको संख्या ४१० पुगेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार