काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि लकडाउनलाई दोस्रो अवसरको सदुपयोग गर्न अपील गरेको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससले बुधबार नियमित जानकारी दिने क्रममा भने–‘लकडाउनले एउटा अवसरको ढोका खुलाएको छ । यसको सदुपयोग गरी कोभिड–१९लाई नियन्त्रण गरौं ।’
संसारभरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । वर्ल्डोमिटर तथा जोन होप्किन्स युनिभर्सिटीले तयार गरेको डाटा अनुसार मृतकको संख्या २१ हजार १ सय ९८ पुगेको छ भने ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ ।
Leave a Reply