काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण इटालीमा एकैदिन ६ सय ८३ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सँगै इटालीमा कोरोनाका काराण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ ।
हालसम्म कोरोनाका कारण सबैभन्दा बढिको मृत्यु इटालीमै भएको छ । बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ ।
Leave a Reply