काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१)० को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ भने संक्रमितको संख्या ६ सय नाघेको छ।
भारतकास्थानीय सञ्चार माध्यमहरुका अनुसार बुधबार मात्रै भारतमा कोरोनाका कारण तीन जनाको ज्यान गएको हो ।
भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।
भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ ।
Leave a Reply