Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • कलाकारद्वारा कोरोनाबारे गीतदेखि कमेडीसम्म

    कलाकारद्वारा कोरोनाबारे गीतदेखि कमेडीसम्म

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट बच्ने उपायबारे चेतनामूलक गीत सार्वजनिक भइरहेका छन्। यसै क्रममा नरेश खाती र एलिना चौहानको स्वरमा कोरोना सचेतनामूलक गीतको भिडियो आएको छ।

    गोमा परियारको शब्द रहेको गीतको सार छः



    आउँदैछ कोरोना भाइरस
    विश्वभर आतंक छाइराछ
    सक्छौं है कोरोना टार्नलाई
    सचेत भई पछाडि पार्नलाई

    नरेश खातीकै संगीत रहेको भिडियोको छायांकन सुरेश श्रेष्ठ, एरेन्ज विशाल निरौला र सम्पादन नरेश घर्तीमगरको रहेको छ। भिडियोमा कोमल वली, दीपा श्री निरौला, ऋषि धमला, बद्री पंगेनी, रमेश बीजी, पशुपति शर्मा, उमेश राई (फुलन्देकी आमा), राजेन्द्र नेपाली लट्ट, ईश्वरी खातीलगायतको अभिनय रहेको छ। गीतको प्रस्तुति राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान केन्द्र तथा उपत्यका समन्वय समितिले गरेको हो।

    विश्वव्यापी रुपमा संक्रमण तीव्र भइरहेको कोरोना रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरूगीतसंगीतका माध्यमबाट यस अभियानमा जुटेका छन्। कोरोनाबारे सचेतनामूलक गीतहरू युट्युब र सामाजिक सञ्जालमा छाउन थालेका छन्।

    यसैगरी डेभिड शंकर र बेनिशा पौडेलको स्वरमा अर्को कोरोना सचेतनामूलक गीत आएको छ। यसमा सरोज ओलीको शब्द, दीपक शर्माको संगीत रहेको छ। गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपा श्री निरौला, शम्भुजित बाँस्कोटा, जिवेश सिंह गुरुङ, दीपिका थापालगायत नौ जना कलाकारले कोरोना भाइरसबाट सचेत रहन अपिल गरेका छन्।

    शंकर धितालको निर्देशनमा बनेको भिडियो निश्चल पौडेलले खिचेका हुन् भने शुभ मिडिया होमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि निर्माण गरेको हो।

    कमेडी क्लबमा कोरोना
    कोरोनाविरुद्ध चेतनामूलक गीतका साथै विभिन्न टेलिभिजनका हास्य कार्यक्रम र टेलिशृंखलाहरू पनि सोही अभियानमा सरिक भएका छन्। नेपाल टेलिभिजनको ‘मुन्द्रेको कमेडी क्लब’ले कोरोनाविरुद्ध जनचेतनामूलक हास्य प्रस्तुति दिन थालेको छ। चिकित्सकलाई नै कार्यक्रममा अतिथि बनाएर रमाइलो शैलीमा कोरोना भाइरसबाट बच्ने उपायबारे प्रस्तुति दिन थालिएको छ।

    उता गायक प्रकाश सपूतले कोरोना पीडितहरूका लागि दुई लाख रुपैयाँ नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषमार्फत प्रदान गरेका छन्। अन्नपुर्ण पाेष्ट दैनिकबाट

    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार