Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • पदयात्रामा गएका ५ सय विदेशी पर्यटक अलपत्र

    पदयात्रामा गएका ५ सय विदेशी पर्यटक अलपत्र

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडाैं । सरकारले ‘लकडाउन’ गरेसँगै पदयात्रामा गएका सयौँ विदेशी पर्यटकहरू अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले एक साताका लागि लकडाउन गरेसँगै पदयात्रामा गएका ५ सयभन्दा बढी पर्यटक अलपत्र परेका हुन् ।

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार सगरमाथा खुम्बु, अन्नपूर्ण, हुम्ला, डोल्पा, मनास्लु क्षेत्रमा सयौँ पर्यटक रोकिएका छन् । खुम्बु क्षेत्रमा १ सय विदेशी पर्यटकहरू पदयात्रामा गएका थिए । उनीहरू आउन नसकेको टानले जनाएको छ । ‘खुम्बुलगायत क्षेत्रमा पर्यटक पदयात्रा गएका थिए,’ टानका अध्यक्ष खुमबहादुर सुवेदीले भने, ‘लकडाउनले सबै रोकिएका छन् ।’ सरकारलाई उद्धारको व्यवस्था मिलाउन आग्रह गरिए पनि हालसम्म उद्धार हुन नसकेको सुवेदीले जानकारी दिए ।



    मनास्लु क्षेत्रमा ३० जना पर्यटक रोकिएका छन् । अन्नपूर्ण क्षेत्रमा पनि १ सय हाराहारी पर्यटक रोकिएको अनुमान छ । त्यस्तै, हुम्ला र डोल्पामा पनि १५ देखि २५ जना पर्यटक रोकिएको हुन सक्ने टानको अनुमान छ । मनाङ, मुस्ताङ क्षेत्रमा पनि एक दर्जनभन्दा बढी पर्यटक अलपत्र परेका छन् । ‘खुम्बु क्षेत्रामा रेस्टुराँहरूसमेत बन्द हुन थालेकाले पर्यटकहरू झनै समस्या पर्न थालेका छन्,’ अध्यक्ष सुवेदीले भने । नयाँपत्रिका बाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार