Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • चिनियाँ कम्पनीले दियो २ हजार कोरोना जाँच गर्ने ‘किट’

    चिनियाँ कम्पनीले दियो २ हजार कोरोना जाँच गर्ने ‘किट’

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 1.4K
    SHARES

    (बेइजिङ) — नेपाल सरकारलाई चीनको एउटा कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट सहयोग गरेको छ। चीनको ह्वा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले किट सहयोग गरेको छ। बुधबार उक्त कम्पनीले बेइजिङस्थित नेपाली राजदूतावासलाई किट हस्तान्तरण गरेको हो।

    उत्पादक कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले सहयोगस्वरुप ती सामग्री नेपाललाई निःशूल्क हस्तान्तरण गरेका हुन्। प्रति टेस्टिङ किटले एकजनामा कोरोना भाइरस सम्बन्धी परीक्षण गर्न सकिन्छ। हाल विश्वका अन्य मुलुकमा पनि सो कम्पनीद्वारा उत्पादित किटहरू भाइरस जाँचका लागि प्रयोग भइरहेका छन्। चीनका लागि कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार बेइजिङबाट ती सामग्री भोली नै तिब्बतको ल्हासा पुग्नेछन्। त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै ती सामग्री नेपाल पठाइनेछ। उनले भने, ‘किटको परिमाण अनुसार स्थलमार्गबाट नेपाल पठाउनु सस्तो सुलभ हुने भएकाले दाता कम्पनीले यो तरीका अपनाएको हो।’



    २ हजार किटको मूल्य करीब ३० हजार अमेरिकी डलर बराबर छ भने सामानको वजन २५ किलो बराबर छ। नेपाल सरकारले मुलुकमा लक डाउन गरे पनि आमरूपमा परीक्षण गर्ने स्वास्थ्य सामग्री नभएकाले नीजि क्षेत्रलाई समेत गुहारिरहेका बेला बेइजिङस्थित दूतावासले आफ्नो तर्फबाट पहल गरेको हो। दूतावासका अनुसार अन्य केही व्यवसायहरूले पनि सहयोग गर्ने रूचि देखाएका छन् तर ठोस निर्णय भइसकेको छैन। नेपालमा अहिलेसम्म कोरोना भाइरस जाँडपड्तालका लागि पर्याप्त किटको अभाव छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार