Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना नियन्त्रणमा सघाएकोले चीनद्वारा भारतलाई धन्यवाद ज्ञापन

    कोरोना नियन्त्रणमा सघाएकोले चीनद्वारा भारतलाई धन्यवाद ज्ञापन

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 2.1K
    SHARES

    नयाँ दिल्ली । नयाँ दिल्लीस्थित रहेकाे चिनियाँ दूतावासले भारतलाई कोरोनाविरुद्धको लडाईंमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् । राजदुतावासका प्रवक्ता जी रोंगले एक बक्तब्य जारी गर्दै भारतलाई कोरोनाविरुद्धको लडाईंमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरेका हुन् ।

    उनले भारतले चीनमा कारोनासम्वन्धि मेडिकल सामाग्री निरन्तर पठाएकोले धन्यवाद ज्ञापन गरेका हुन् । उनले भारत र चीन कारोना नियन्त्रणको दौरान निरन्तर संवाद र सम्पर्क रहेको जनाउँदै चिनियाँ जनतालाई कोरोनाको महाव्याधीसँग लड्न भारतको खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।



    बक्तब्यमा रोगले भारत र चीन व्रिक्स, जी २० लगायतका फोरमहरु एकै साथ रहेको भन्दै भारत र चीनको सहकार्य जारी रहने बताएका छन्। उनले भारतीय जनता कोरोनाको विरुद्धको लडाईंमा सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना समेत व्यक्त गरेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार