काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा बढुवा भएका तीन डीआईजीलाई एआइजीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच आईजीपी ज्ञवालीलेले उनीहरुलाई एआइजीको दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डीआइजीत्रय तारिणीप्रसाद लम्साल,शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआइजीमा बढुवा गरेको थियो ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले १५ फागुनमा लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
बढुवा भएका एआइजीत्रयको पदस्थापन समेत भइसकेको छ । लम्साललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, थापालाई मानव स्रोत तथा प्रशासन र पाललाई कार्य तथा अपराध अनुसन्धान विभागमा जिम्मेवारी दिइएको छ ।
Leave a Reply