Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • फेरी एक जनामा देखियो कोरोना, संक्रमितको संख्या तीन पुग्याे

    फेरी एक जनामा देखियो कोरोना, संक्रमितको संख्या तीन पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

    राष्ट्रिय प्रयोगशालाको वेभसाइटले संक्रमण देखिएको संख्या ३ उल्लेख गरेको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। एक जना संक्रमित भने उपचार पछि घर फर्किसकेका छन्। फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना देखिएपछि उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार