Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • भारतमा एकै परिवारका ५ व्यक्तिमा देखियाे कोरोना पाेजेटिभ

    भारतमा एकै परिवारका ५ व्यक्तिमा देखियाे कोरोना पाेजेटिभ

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । भारतकाे महाराष्ट्रमा एकै परिवारका ५ व्यक्तिमा कोरोना पाेजेटिभ देखिएकाे छ। भारतमा देशभरि कोरोना बिरामीको संख्या बढिरहेको छ। हालसम्म ५ सय ८२ वटा पुष्टि भएका घटनाहरू भेटिएका छन्। जसमा ११ जनाको मृत्यु भएको छ।

    त्यस्तै ४६ जनालाई उपचार गरी घर फर्किएका छन्। कोरोनाबाट महाराष्ट्र र केरला सबैभन्दा बढी प्रभावित छन्। महाराष्ट्रमा १ सय १२ र केरलामा १ सय ५ काेराेना संक्रमित भएकाे पुष्टि भएकाे छ।



    कोरोनाको बढ्दो घटनालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको तालाबन्दी घोषणा गरेका छन्। यो लकडाउन आज देखि लागू गरिएको छ । र याे १४ अप्रिल सम्म चल्नेछ। कार्यालय, बजार, सार्वजनिक यातायात सबै बन्द छ। प्रधानमन्त्रीले स्पष्ट भनेका छन कि यस देशका कोही पनि २१ दिनको लागि आफ्नो घरबाट बाहिरिनेछैनन्।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार