Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना संक्रमित किशोरीसँगै कतारबाट आएकासहित ७ जना इलामको क्वारेन्टाइनमा

    कोरोना संक्रमित किशोरीसँगै कतारबाट आएकासहित ७ जना इलामको क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौं । कोरोना संक्रमित किशोरीसँगै कतारबाट आएकासहित इलामका ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका उनीहरुलाई डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको हो ।

    सरकारले अन्तिम पटक मंगलबार भारतबाट आएकाहरूलाई नेपाल भित्रिन दिएपछि इलाम आएका उनीहरुलाई क्वारेनटाइनमा राखिएको हो ।



    कोरोनाको संक्रमण भएको पुष्टि भएकी किशोरीसँगै फ्रान्सबाट कतार हुँदै नेपाली आएका इलाम नगरपालिका –४ का एक युवालाई इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा बस्न घर पठाइएको छ ।



    उनीसँगै उनका परिवार र सम्पर्कमा आएका सबैलाई सेल्फ क्वारेन्टइनमा बस्न लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    वैदेशिक रोजगारीका लागि कतार गएका ती युवा कोरोना पोजेटिभ देखिएकी युवतीसँगै गत ४ चैतमा नेपाल फर्केका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार