Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लकडाउनकाे अवज्ञा गर्ने तीन सय सवारी बिहानै नियन्त्रणमा

    लकडाउनकाे अवज्ञा गर्ने तीन सय सवारी बिहानै नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

    महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले अटेर गरी लकडाउन नमान्ने ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।



    साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार