Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • टेकु र पाटन अस्पतालका आइसोलेसन वार्ड भरियाे, अरू अस्पताल रुघाखोकीका बिरामी लिदैँनन्

    टेकु र पाटन अस्पतालका आइसोलेसन वार्ड भरियाे, अरू अस्पताल रुघाखोकीका बिरामी लिदैँनन्

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 3K
    SHARES

    काठमाडाैँ । कोरोना संक्रमणको आशंकामा अस्पतालमा बिरामीको भिड बढेको छ । टेकु र पाटन अस्पतालका आइसोलेसन वार्ड भरिएका छन् । तर, यो संगिन घडीमा अरू अस्पताल रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी भर्ना नलिएर जिम्मेवारीबाट पन्छिएका छन् ।

    सरकारले ५० बेडभन्दा माथिका सबै अस्पताललाई ज्वरो क्लिनिक सञ्चालन गरेर उपचार गर्न निर्देशन दिए पनि अटेर गरेका हुन् । सरकारको निर्णयमा सहमति जनाएर पनि कार्यान्वयन नगरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    कोरोना भएको हुन सक्ने भन्दै ज्वरो आएका बिरामीलाई फिर्ता पठाउने ग्रान्डी इन्टरनेसनल र अल्का अस्पताललाई मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको छ । मंगलबार मन्त्रालयमै बोलाएर स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । अस्पतालहरूले उपचारको जिम्मा मेडिकल अफिसरलाई दिने र बिरामी आए माथिको निर्देशन भनेर फर्काउने गरेको भेटिएको मन्त्रालय स्रोतले जनायो ।



    हेटौँडाका ६५ वर्षका एक बिरामी सोमबार रातभर काठमाडौंका विभिन्न अस्पताल चहारे । वीर, त्रिवि शिक्षण, कान्तिपुर, ब्लुक्रस र किस्ट अस्पताल धाउँदा पनि कतै भर्ना पाएनन् । यस्तो सूचना पाएपछि मन्त्रालयको दबाबमा उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

    टेकु र पाटनका आइसोलेसन वार्ड भरिएपछि र अन्य अस्पतालले भर्ना नलिएपछि नयाँ बिरामीको उपचारमै समस्या भएको छ । टेकुमा ५ आइसोलेसन र ४ आइसियु बेड छन् । त्यस्तै, पाटनमा ५ आइसोलेसन र ७ आइसियु बेड छन् । आइसियु बेडमा भने अन्य बिरामी राख्ने गरिएको पाटन अस्पतालले जनाएको छ ।

    सरकारले कोरोना संक्रमितको उपचारका लागि टेकु र पाटनसँगै वीर, त्रिवि शिक्षण र सिभिल अस्पताललाई पनि जिम्मा दिएको थियो । तर, सिभिल, त्रिवि शिक्षण र वीर अस्पतालले कुनै तयारी नै गरेका छैनन् । उनीहरूले बिरामीका लागि बेडसमेत छुट्याएका छैनन् । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले कुनै तयारी नभएको बताए । यी अस्पतालले गरिब बिरामीको उपचार गर्ने अस्पताल भएकाले कोरोना संक्रमितलाई भर्ना गर्न नसक्ने बताउँदै आएका छन् । टेकु अस्पतालका अनुसार तयारी अपुग भएको भन्दै सशस्त्र प्रहरी अस्पतालले समेत बिरामी लिन मानेको छैन ।

    देशभरबाट कोभिड–१९ आशंका गरिएका बिरामी टेकु पठाइएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । सशस्त्रको अस्पतालमा समेत कोरोना शंकास्पद बिरामी राख्ने व्यवस्था नभएको खबर पाएपछि अब नयाँ बिरामी कहाँ पठाउने अन्योल भएको उनको भनाइ छ । नयाँपत्रिका बाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार