Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • देशभर लकडाउन, स्वास्थ्यकर्मी जुवातासमा !

    देशभर लकडाउन, स्वास्थ्यकर्मी जुवातासमा !

    रासस
  • बुधबार, १२ चैत्र २०७६
  • 2.2K
    SHARES

    फाइल फोटो

    काेराेना । कोराना भाइरस (कोभिड–१९) को कारण मंगलबारदेखि देशभर ‘लकडाउन’ गरिएको छ । यस्तो अवस्थामा कुनै पनि स्थानमा मानिसहरु आवतजावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातास खेलिरहेकाे पाइएको छ ।

    गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास खेलिरहेकाे पाइएको हो । जुवातासबाट एकअर्कामा सरूवा रोगहरू सर्न सक्ने चिकित्सकको भनाई छ ।



    गाउँपालिकाले कोभिड–१९ प्रतिकार्य योजना अन्तर्गत गाउँपालिकाका ४ वटा सिमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए । उनका अनुसार हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई पाउने सेवा सुविधामध्ये थप आधा महिना बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार