Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • घुमुवा प्रहरी नै आपराधिक कार्यमा संलग्न

    घुमुवा प्रहरी नै आपराधिक कार्यमा संलग्न

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडाैँ । शान्तिसुरक्षासम्बन्धी सूचना संकलन गर्न खटिएका सादा पोसाकका (घुमुवा) प्रहरी असुली र आपराधिक गतिविधिमा संलग्न हुने गरेको गुनासो आएपछि केही दिनअघि ७४ जनाभन्दा बढी प्रहरी जिम्मेवारीबाट हटाइए । महानगरीय प्रहरी कार्यालयले यसरी हटाइएका सबैलाई महाराजगञ्जस्थित २ नम्बर गणमा हाजिर गराउने निर्णय गर्यो । तीमध्ये केही प्रहरी राजनीतिक शक्तिको आडमा जिम्मेवारीबाट हटेनन् भने कोही बिरामीको बहाना बनाई गणमा नपुगी फिर्ता भए ।

    राजनीतिक शक्तिको आडमा नहटेका मध्ये महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी जाजरकोट शिवालयका २७ वर्षीय वीरबहादुर बस्नेत पनि एक हुन् । जवान बस्नेत एकजना पूर्व गृहमन्त्रीका आफन्त हुन् । महानगरीय प्रहरी दरमार्गमा घुमुवाको रूपमा काम गरेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बसेल, जवान बस्नेतसहित तीन प्रहरी र एकजना सञ्चारकर्मी मकवानपुरको पालुङमा लुटपाटको अभियोगमा आइतबार पक्राउ परेका छन् ।



    पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको छ । उनीहरूको साथबाट एक थान पेस्तोल, सोका गोली, लुटिएको हीरा, सञ्चारसेट, डिटेक्टर हाते मेसिन र मोबाइल बरामद गरिएको छ ।



    महानगरीय प्रहरीले कोरोना भाइरसविरुद्ध उपत्यकामा सरसफाइ सचेतना अन्तर्गत साबुन पानीले हात धुने अभियान सञ्चालन गरिरहेको मौका छोपी असई बसेल, जवानद्वय बस्नेत, हिमकान्त पुन मगर र सञ्चारकर्मी बताउने सुजन आचार्य हीरा लुट्न मकवानपुर पुगेका थिए ।

    महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले ‘डिउटी’ छोडेरे हीरा लुट्ने कार्यमा संलग्नलाई प्रहरी सेवाबाट निलम्बन गरिएको जानकारी दिए । एकजना वृद्ध महिलासँग रहेका हीरा लुटेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार