Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतमा कोरोनाबाट मर्नेको संख्या ११ पुग्यो

    भारतमा कोरोनाबाट मर्नेको संख्या ११ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । भारत कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ११ पुगेकाे छ। तमिलनाडु राज्यमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाबाट मर्नेको संख्या ११ जना पुगेको हाे।

    तमिलनाडुको मदुराईका ५४ वर्षीय व्यक्तिलाई गत सोमबार (२३ मार्च) मा कोरोनाको संक्रमण देखिएको थियो। राजाजी अस्पतालमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको तमिलनाडुका स्वास्थ्यमन्त्री सी विजयबास्करले जानकारी दिएको पिटिआईले जनाएको छ।



    ती व्यक्ति अनियन्त्रित मधुमेह र उच्च रक्तचापका रोगी थिए। तमिलनाडुमा मंगलबारसम्म कोरोनाबाट १८ जना संक्रमित छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार