Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै मानिस संक्रमित, २२२ जनाको मृत्यु

    २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै मानिस संक्रमित, २२२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौँ । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीले विश्वकै शक्तिराष्ट्र अमेरिकालाई पनि प्रभावित भएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा कारोना भाइरसको संक्रमणबाट २ सय २२ जनाको ज्यान गएको छ । यो सँगै अमेकिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ सय ७५ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    पछिल्लो २४ घण्टामा अमेरिकामा ११ हजार ७४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो २४ घण्टामा फेला पर्ने विश्वकै सबैभन्दा धेरै संक्रमितको संख्या हो । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ५४ हजार ८ सय ८ पुगेको छ ।



    जसमध्ये एक हजार एक सय ७५ जना गम्भीर अवस्थामा रहेका छन् भने ३ सय ७८ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।



    यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख २२ हजार ५ सय ६६ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् भने ८ हजार ८ सय ८७ जनाको ज्यान गइसकेको छ । एक लाख ८ हजार ३ सय ८८ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । यस्तै अमेकिरामा रहेका एक नेपालीको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार