Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन उल्लङ्घन गर्ने २ सय १० सवारी साधन प्रहरी नियन्त्रणमा

    लकडाउन उल्लङ्घन गर्ने २ सय १० सवारी साधन प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 1.5K
    SHARES

    फाइल तस्बिर

    झापा । कोरोना भाइरसबाट सजग हुन र एकअर्कामा सर्नबाट रोक्न सरकारले आजदेखि मुलुकभर एक साताका लागि शुरु गरेको लकडाउन अभियान उल्लङ्घन गर्ने २१० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका र चौदण्डी नगरपालिकाका विभिन्न स्थानहरुमा लकडाउन उलङघन गर्ने ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख बीरबहादुर बुढामगरका अनुसार बिहान ७ बजे देखि दिनको १ बजेसम्ममा जिल्लामा लकडाउन उल्लङघन गर्ने २१० सवारी साधन नियन्त्रणमा लिइसकिएको छ ।



    लकडाउन उलङघन गर्ने सवारीका साधनमा १८० मोटरसाइकल र बाँकी ट्रक ,टेम्पो ,सुमो र ट्र्याक्टर रहेको प्रहरीले बताएको छ । लकडाउन उल्लङ्घन गर्ने सम्पूर्ण सवारी साधन एकहप्तासम्म प्रहरी नियन्त्रणमा रहने पनि प्रहरीले बताएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार