Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमितसँग सेल्फी खिच्‍दा गयाे जागिर

    कोरोना संक्रमितसँग सेल्फी खिच्‍दा गयाे जागिर

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2K
    SHARES

    इस्लामाबाद । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसका कारण पाकिस्तानमा ६ जना सरकारी कर्मचारी निलम्बनमा परेका छन् । कोरोना भाइरसका बिरामीसँग सेल्फी खिच्ने ती ६ जना सरकारी कर्मचारी निलम्बनमा परेकाे समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    मंगलबार सरकारी अधिकारीले जानकारी दिए अनुसार ती कर्मचारीहरुले संक्रमण भएका बिरामीसँगै बसेर सेल्फी खिचेका थिए । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल समेत बनेको थियो । तस्बिरमा बिरामीलाई बीचमा राखेक छेउछाउमा मानिसको एक समूह थियो । उनीहरुमध्ये केही त हाँसिरहेका पनि थिए । तर कसैले पनि मास्क पहिरिएका थिएनन् ।



    तस्बिर भने कोरोना प्रभावित सिन्ध प्रान्तको सुक्कुरस्थित क्वारेन्टाइनमा लिइएको थियो । सिन्ध प्रान्तमा मात्रै ३ सय ९९ जना संक्रमित छन् । पाकिस्तानभर भने ८ सय ९२ जना संक्रमित भेटिएका छन् । ६ जनाको मृत्यु भइसकेको छ । ‘सेल्फी काण्ड’मा संलग्न ती कर्मचारीलाई निलम्बन गरिनुका साथै क्वारेन्टाइनमा राखिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार