Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोनाको आशंका गरिएकालाई उपचार गर्न नमान्ने राजधानीका दुई अस्पतालसँग स्पष्टिकरण

    कोरोनाको आशंका गरिएकालाई उपचार गर्न नमान्ने राजधानीका दुई अस्पतालसँग स्पष्टिकरण

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 7.7K
    SHARES

    काठमाडाैँ । कोरोना भाइरसका शंकाष्पद विरामीलाई उपचार गर्न अस्विकार गरेका राजधानीका दुई ठूला अस्पताललाई स्पष्टिकरण साेधिएकाे छ। स्वास्थ्य मन्त्रालयले ग्रान्डी अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको हाे।

    आफूलाई फाइभ स्टार अस्पतालको रुपमा दाबी गर्दै आएको धापासी स्थित ग्राण्डी अस्पताल र ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालले कोरोना भाइरसको शंकाष्पद विरामीलाई भर्ना लिन नै अस्विकार गरेको खुलेको छ ।



    ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले एक टेलिभिजन अन्तरवार्तामा आफूहरुले कोरोना भाइरसका विरामी उपचार नगर्ने बताएको कारण मन्त्रालयले स्पष्टिकरण मागेकाे बताइएको छ । उनलाई मन्त्रालयमै बोलाएर स्पष्टिकरण लिइएको स्राेतले बताएकाे छ। त्यस्तै अल्का अस्पतालका मालिक कुमार थापाले पनि सोही आसयको प्रतिक्रिया दिएका थिए। उनले भने मन्त्रालयमा स्पष्टिकरण बुझाएका छैनन् ।



    पाण्डेले सरकारले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ। अल्का अस्पतालले भने मन्त्रालयमा स्पष्टीकरण पठाएको छैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार