Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अन्तत: प्रदेश २ काे सिरहामा निषेधाज्ञा जारी

    अन्तत: प्रदेश २ काे सिरहामा निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 1.9K
    SHARES

    सिरहा । अन्तत: प्रदेश २ काे जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिन एक साताका लागि निषेधाज्ञा जारी गरेको हाे।

    सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनात्मक र प्रवर्द्धनात्मक कार्यहरु गरी संभावित संक्रमणले प्रभाव पार्न सक्ने कुनै किसिमका गतिविधि हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।



    निषेधाज्ञा अवधिभर आपत्‌कालीन र अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल नगर्न, सवारी साधन नचलाउन प्रशानले आग्रह गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)मा कसैले कुनै काम गर्न लाग्दा वा कहीं केही वस्तु रहँदा वा कसैले राख्दा हुलदङ्गा भई शान्ति सुरक्षा भंग हुने वा कसैलाई बाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले निषेध गर्न आदेश दिनसक्ने व्यवस्था छ । प्रशासनले निषेधाज्ञाको उल्लंघन भए नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने जनाएको छ ।



    प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् । मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावत गरिरहेका छन् । त्यस्तै सप्तरीमा प्रहरी कम भएको भन्दै सेना परिचालन गरिएकाे छ। सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयन गराउन सप्तरी सदरमुकाम राजविराजसहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको हाे। प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार