Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रशासनले लगायो कपिलवस्तुमा अनिश्चितकालिन निषेधाज्ञा

    प्रशासनले लगायो कपिलवस्तुमा अनिश्चितकालिन निषेधाज्ञा

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 3.7K
    SHARES

    कपिलवस्तु। कपिलवस्तुको स्थानीय प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । सरकारले मंगलबार विहान ६ बजेदेखि गरेको ‘लकडाउन’लाई अटेरी गरेपछि तत्काल प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलद्धारा जारी गरेको विज्ञप्ति अनुसार अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू जारी रहने छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा अनुसार चैत ११ गते बिहान ६ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।



    लकडाउनको अवज्ञा गर्दै सर्वसाधारण घरबाहिर निस्कन थालेपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको बताइएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन यस्तो गरिएको प्रशासनले जनाएको छ । मानिसहरुलाई भीडभाड नगर्न भनेपनि अटेरी बढेपछि निषेधाज्ञा जारी गर्न प्रशासन बाध्य भएको जनाइएको छ । खुल्ला सिमानाका कारण जिल्लामा लकडाउन गर्न समस्या भएपछि कर्फ्यु लगाइएकाे हाे।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार