Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रहरीले नसकेपछि सप्तरीमा सेना परिचालन, घरभित्र नबसे कर्फ्यू लगाइने

    प्रहरीले नसकेपछि सप्तरीमा सेना परिचालन, घरभित्र नबसे कर्फ्यू लगाइने

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 4.8K
    SHARES

    जनकपुरधाम । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसबाट मलुकलाइ बचाउन सरकारले देशैभर आइसोलेसन र क्वारन्टाइन स्थापना गरेकाे छ। तर सरकारले गरेको लकडाउनको निर्णय प्रदेश २ का विभिन्न जिल्लामा उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले नसकेपछि सहयोगका लागि नेपाली सेनासँग गुहार मागेपछि सडकमा व्यापक मात्रमा सेना परिचालन भएका छन्।

    कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय प्रदेश २ का विभिन्न जिल्लामा उल्लंघन भएपछि प्रदेश २ काे प्रदेश प्रहरी कार्यालयले घरभित्र नबसे कर्फ्यू लगाइने जनाएकाे छ।



    प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् । मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावत गरिरहेका छन् । त्यस्तै सप्तरीमा प्रहरी कम भएको भन्दै सेना परिचालन गरिएकाे छ। सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयन गराउन सप्तरी सदरमुकाम राजविराजसहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको हाे। प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए ।



    कोरोना संक्रमणबाट बच्न घरमै बस्नुपर्ने सरकारी निर्णयलाई अटेरी गरिरहे प्रदेश २ मा कर्फ्यू नै लगाउने मनस्थितिमा स्थानीय प्रशासन पुगेको छ । ‘बिहानैदेखि घरबाट बाहिरने क्रम बढेको छ’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले भने, ‘अवस्था यस्तै रहे हामी कर्फ्यू लगाएर भए पनि सबैलाई घरमा बसाउँछौं ।’ ‘काठमाडौंमा पनि यस्तै हो, मान्दैनन् के’ डीआइजी कार्कीले भने, ‘त्यसैले हामी कर्फ्यू लगाएर भए पनि घरमा बस्न लगाउँछौं ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार