Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • कोरोना आशंका गरिएका युवक मिर्गौला र लुपस रोगबाट ग्रसित

    कोरोना आशंका गरिएका युवक मिर्गौला र लुपस रोगबाट ग्रसित

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.4K
    SHARES

    चितवन । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत युवकको मृत्यु भएको छ । मृत्यु भएका ३० वर्षीय युवक मिर्गौला र लुपस रोगबाट ग्रसित रहेको अस्पतालले जानकारी दिएको छ ।

    अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीका अनुसार युवक मिर्गौला र लुपस रोगबाट पीडित थिए ।



    केही दिनअघि ज्वरो आएपछि उनी चितवन मेडिकल कलेजमा उपचारको लागि गएका थिए । चितवन मेडिकल कलेजले उनलाई कोरोना विशेष अस्पतालमा रेफर गरेको थियो ।

    कोरोना आशंकामा परीक्षणका लागि नमूना काठमाडौं पठाएको र रिपोर्ट आउन बाँकी रहेको डा.आधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार