Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • लकडाउन उल्लंघन गर्ने ५० मोटरसाइकलको चाबी नियन्त्रणमा

    लकडाउन उल्लंघन गर्ने ५० मोटरसाइकलको चाबी नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.4K
    SHARES

    फाइल फोटो

    पोखरा । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे नाबेल कोरोना भाइरसको जोखिमसँग जुध्न अन्य देशकाे जस्तै नेपालमा पनि सरकारले लकडाउन गरेकाे छ। कोभिड १९ को महामारी रोक्न घरबाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन गर्दै मोटरसाइकल चलाउँदै हिँडेका ५० जनाका सवारी धनीबाट कास्की प्रहरीले चाबी नियन्त्रणमा लिएको छ ।

    मंगलबार मध्याह्न १२ बजेसम्म ५० जनाको चाबी नियन्त्रिणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले जानकारी दिए । लकडाउनका बेला पनि रमिता देखाउँदै र रमिते बन्दै हिँडेका सवारी धनीको चाबी प्रहरीले नियन्त्रणमा लिएको हो । ‘थुप्रैलाई सम्झाइबुझाइ पठाएका छौं’, उनले भने, ‘स्वास्थ्यकर्मी वा बिरामीलाई आउजाउ गर्न दिएका छौं ।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार