Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना नाममा भ्रम फैलाउने पास्टर पक्राउ

    कोरोना नाममा भ्रम फैलाउने पास्टर पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 1.8K
    SHARES

    फाइल फोटो

    पोखरा । चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूप लिएकाे काेराेना भाइरसकाे नाममा भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । यशुका अनुयायीलाई कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका उनी स्थानीयले दिएकाे सूचनाकाे आधारमा पक्राउ परेका हुन्



    आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।



    आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार