Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आइसोलेसनमा उपचाररत युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

    आइसोलेसनमा उपचाररत युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.7K
    SHARES

    चितवन । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसबाट मलुकलाइ सरकारले देशैभर आइसोलेसन र क्वारन्टाइन स्थापना गरेकाे छ। साेही क्रममा भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ ।

    उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए ।



    उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार