Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चितवनमा प्रहरीकाे एक्सन: लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

    चितवनमा प्रहरीकाे एक्सन: लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.1K
    SHARES

    फाइल तस्विर

    चितवन । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे नाबेल कोरोना भाइरसको जोखिमसँग जुध्न अन्य देशकाे जस्तै नेपालमा पनि सरकारले लकडाउन गरेकाे छ। साेही क्रममा सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जनालाइ चितवन प्रहरीले पक्राउ गरेकाे छ।

    जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले लकडाउनको अवज्ञा गर्दै बिनाकाम घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।



    लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने उनले बताए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार