Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना भगाउन भन्‍दै क्रिश्‍चियन पास्टरले डिटोल पिलाइदिएपछि…

    कोरोना भगाउन भन्‍दै क्रिश्‍चियन पास्टरले डिटोल पिलाइदिएपछि…

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.2K
    SHARES

    केन्या । केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको छ ।

    पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलन थालेपछि पास्टर रुफुस फालाले मक्गोदुस्थित एके स्पिरिचुअल चर्चमा आएका विश्वासीहरुलाई घरेलु किटाणु नासक डिटोल पिलाएका हुन् । सोही घटनापछि दक्षिण अफ्रिकामा ५९ जना मानिसको मृत्यु भएको थियो । साथै चारजनाको अवस्था गम्भीर अवस्थामा पुगेको छ । तर मृत्यु भएका ती व्यक्तिहरुलाई नै पास्टरले डिटोल पिलाएको हो वा हैन भन्ने यकिन नभएको रिपोर्टमा उल्लेख छ ।



    केन्या टुडेको ‘फ्याक्ट चेक’ पछि हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार यस्तो घटना बाहिरिएको हो । पास्टर फाला विवादित व्यक्ति समेत हुन् । यसअघि पनि उनले पटक पटक यस्तै गैरकानुनी हर्कत गर्दैआएका छन् । २०१८ मा उनले क्रिश्चियन विश्वासीहरुलाई जिससको रगत भन्दै डिटर्जेन्ट जिक पिलाएका थिए । एजेन्सी



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार