Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • लकडाउनको पहिलो दिन शान्त काठमाडौं, उल्लंघन गरे ६ महिना कैद

    लकडाउनको पहिलो दिन शान्त काठमाडौं, उल्लंघन गरे ६ महिना कैद

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 7.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि मुलुकभर लकडाउन गरेको छ ।

    देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।



    आज विहान ६ बजेबाट शुरु भएको लक डाउनका कारण उपत्यकालगायत देशैभरका बजार र शहर शून्य देखिएका छन् ।



    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसको आवतजावत नै रोकेर कोरोनाको संक्रमणलाई रोक्न सकिने जनाएपछि हिजो नेपाल सरकारले एक साताका लागि लक डाउनको निर्णय गरेको हो ।

    आज काठमाडौं सुनसान छन् । फाट्ट फुट्ट गुडेका सवारीसाधनलाई पनि प्रहरीले फार्काएको दृष्यहरु देखिन्छन् । मुख्यगरी नाकामा बढि कडाई गरिएको प्रहरीले जनाएको छ ।

    लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन्छ ।

    डिसेम्बरको अन्त्यमा चीनबाट फैलिएको कारोनो संक्रमण गर्न चीन सफल भइसकेको छ । तर, विश्वका १९४ देशहरुमा यसको संक्रमण फैलिइसकेको छ । कोरोना संक्रमणबाट १५ हजार बढीको ज्यान गइसकेको छ भने साढे ३ लाख बढी मानिसहरु संक्रमित भएका छन् । १ लाख भन्दा धेरै मानिसहरु उपचारपछि निको भएका छन् ।
    यद्यपी सरकारले अत्यावश्यक सामाग्री बोकेर हिड्न सवारी साधन, अस्पतालका सवारी साधन, सञ्चार माध्यमका सवारी साधन र सुरक्षा निकायका सवारी साधनलाई भने चलाउने दिने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार