Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • नेपाल लकडाउन भए लगत्तै चीनले भन्याे- हामी साथमा छौं

    नेपाल लकडाउन भए लगत्तै चीनले भन्याे- हामी साथमा छौं

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । विश्वभर महामारीकाे रूपमा फैलिएकाे कोरोना भाइरस (कोभिड–१९) विरुद्धकाे लडाईंमा नेपाल एक्लो नभएको चीनले जनाएको छ ।

    नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले मंगलबार एक ट्वीट गर्दै नेपाललाई सहयोग गर्नका लागि चिकित्सा सामग्री पठाउने तयारी भइरहेको बताएकी छन् ।



    उनले नेपालका लागि आफूहरुले प्रार्थना समेत गरिरहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरुलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरु सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौ ।’

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट एक साताकाे लागि लकडाउन गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार