Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • कोरोना शुरु भएको वुहानमा पाँचौँ दिन पनि नयाँ सङ्क्रमण भेटिएन

    कोरोना शुरु भएको वुहानमा पाँचौँ दिन पनि नयाँ सङ्क्रमण भेटिएन

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडाैं। सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सोमबार लगातार पाँचौँ दिन पनि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।

    विश्वभर प्रकोपका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या विश्वका अन्य मुलुकमा फैलिने क्रम रहेपनि सुरूमा सङ्क्रमणबाट निकै प्रभावित बनेको वुहानमा नयाँ सङ्क्रमण नदेखिएसँगै यहाँका उद्योग तथा कलकारखाना काममा फर्किन थालेका छन् ।



    हुबेई प्रान्तको राजधानी सहर वुहानमा लगातार पाँचौँ दिनसम्म कुनै पनि सङ्क्रमित वा सङ्क्रमणको आशङ्का गरिएका व्यक्ति नदेखिएका कारण यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी मी फङले बेइजिङमा पत्रकार सम्मेलनमा जानकारी गराए ।

    यद्यपि नयाँ सङ्क्रमित नभेटिएपनि यहाँ पूर्णरूपमा खतरामुक्त भयो भन्नु अहिल्यै हतार हुने भन्दै नागरिकहरूलाई सचेत बनिरहन उनले आग्रह गरेका छन् । एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार