Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोभिड १९ : भारतमा मृतककाे संख्या ९ पुग्यो, संक्रमित ४ सय बढी

    कोभिड १९ : भारतमा मृतककाे संख्या ९ पुग्यो, संक्रमित ४ सय बढी

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.7K
    SHARES

    एजेन्सी । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस(कोभिड–१९)का कारण भारतमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यको कोल्काता शहरमा सोमबार एक जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या ९ पुगेको हो ।

    कोल्कातामा कोरोना भाइरसका कारण मृत्यु हुने स्थानीय रेल्वेका कर्मचारी रहेको जनाइएको छ । ५५ वर्षे ती व्यक्तिले हालै कुनै पनि विदेश भ्रमण नगरेकाले उनी स्थानीय क्षेत्रमै संक्रमित भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।



    यस्तै, सोमबार नै मुम्बई शहरमा अर्का एक जनाको पनि मृत्यु भएको थियो । मुम्बईमा मृत्यु हुने व्यक्ति फिलिपिन्सबाट मुम्बई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतक यसअघि दम र चिनीरोगबाट पीडित थिए ।



    कोरोना भाइरसका कारण सोमबारसम्म मुम्बई शहरमा मात्र तीन जनाको मृत्यु भइसकेको छ । हालसम्म भारतमा ४ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार