Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • खाली आउनुपर्ने विमानले दुई नेपाली ल्याउँदा विमानस्थलमा यात्रुको विचल्ली

    खाली आउनुपर्ने विमानले दुई नेपाली ल्याउँदा विमानस्थलमा यात्रुको विचल्ली

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । अनुमतिविना अष्ट्रेलियाबाट नेपाल आएका दुई नेपाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अड्किएका छन् ।

    इवाइ २९१ कल साइनको इतिहाद एयरबाट नेपाल आएका उनीहरुलाई दुई घण्टासम्म विमानबाट ओर्लिन दिइएको थिएन ।



    दिउँसो ६ः४० मा ल्याण्ड भएको प्लेनबाट डेढ घण्टा पछि मात्रै प्लेनबाट झारिएको छ । यद्यपी अहिलेसम्म उनीहरु विमानस्थलमै रहेको विमानस्थल प्रहरीले जनाएको छ ।



    यद्यपी उनीहरुलाई अहिलेसम्म क्वारेन्टाइनमा पठाउने वा सेल्फ क्वारेन्टाइनमा पठाउने भन्ने निर्णय भएको छैन ।

    अष्ट्रेलियाबाट आएका ती दुई यात्रुका आफन्त भने विमानस्थ पुगिसकेको विमानस्थनल प्रहरी स्रोत बताउँछ ।

    चैत ४ गते फ्रान्सबाट नेपाली आएकी एक १९ वर्षिय युवतीलाई सेल्फ क्वारेन्टाइनमा पठाउँदा ९ गते उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो ।

    त्यसैले पनि ती दुई नेपालीलाई कहाँ पठाउने भन्ने निर्णय हुन सकेको छैन ।

    सेड्युल अनुसार दिउँसो ३ः५० मा ल्याण्ड भएर दिउँसो ४ः५० बजे उड्नुपर्ने उक्त विमान ६ः४० मा ल्याण्ड भएर ८ः४७ मा उडेको छ । जसका कारण लामो समयसम्म उक्त विमानमा जाने यात्रुहरु विमानस्थलमा अड्किएका थिए ।

    खाली आउनुपर्ने उक्त विमानले दुई जना नेपाली लिएर आएपछि विमानस्थल प्रशासन आफै अन्यौलमा परेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार