Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • अन्तत: बलात्कार आरोप लागेका नेकपा सचेतक रावल रिहा

    अन्तत: बलात्कार आरोप लागेका नेकपा सचेतक रावल रिहा

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.1K
    SHARES

    धनगढी । बलात्कार प्रयासको आरोप लागेका प्रदेश सभा सदस्य तथा नेकपा सुदूरपश्चिमका सचेतक अक्कलबहादुर रावल अन्तत: रिहा भएका छन्। उनी ५ लाख धरौटीमा रिहा भएका हुन।

    जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार जिल्ला न्यायाधीश जयानन्द पनेरुको ईजलासले उनलाई ५ लाख धरौटीमा छोड्न आदेश भएकोमा रावल धरौटी बुझाएर छुटेका हुन्।



    रावलविरुद्ध धनगढीकी एक विवाहित महिलाले बलात्कार प्रयासको उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि प्रहरीले अदालतबाट १५ फागुनमा पक्राउको अनुमति पाएको थियो। २१ फागुनमा रावल आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार