Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमति, १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

    सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमति, १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । सीमानाकामै अलपत्र परेका भारतबाट फर्किएका सबै नेपालीलाई प्रवेश अनुमति दिइएको छ । कोरोना नियन्त्रण उच्च स्तरीय समन्वय समितिले सीमानाकामा अलपत्र परेका नेपालीलाई आउन दिन निर्देशन जारी गरेपछि उनीहरू नेपाल प्रवेशकाे अनुमति पाएका हुन्।

    यसअघि नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने विषयमा गृह मन्त्रालयले कुनै प्रबन्ध नभएको जनाए पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले भने यस बेला उनीहरुलाई अलपत्र पार्न नहुने भन्दै उचित व्यवस्था मिलाएर प्रवेश गर्न दिइने निर्देशन जारी गरेको स्रोतले जनाएको छ ।



    उक्त निर्देशन अनुरुप गड्डाचौकी नाकाबाट सोमबार बेलुका एकैटक ४०८ नेपाली महेन्द्रनगर प्रवेश गरे । भारतका विभिन्‍न ठाउँबाट नोभेल कोरोना भाइरसको त्रास र नेपालीहरुको नयाँ वर्ष मनाउन स्वदेश फर्किएका ३०१ नेपाली कञ्‍चनपुरको गड्डाचौकीभन्दा पारिको १० गजा क्षेत्रमा अलपत्र परेका थिए । जसमध्ये दुई गर्भवतीसहित ४९ महिला र बालबालिका थिए ।



    अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । यात्रु आवतजावतमा सरकारले राेक लगाए पनि नेपाली नागरिककाे लागि भने केही समयकाे लागि खुला गरेकाे छ।

    सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो । तर भारतबाट नेपालीहरु आउने क्रम रोकिएको छैन। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलकाअनुसार अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउने दिन निर्देशन दिइएको छ । साथै उनीहरुको सबै विवरण लिने र १४ दिन होम क्वारेन्टाइनमा बस्न भनिनेछ । क्वारेन्टाइनमा बसेका वेला उनीहरू सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीको निगरानीमा हुनेछन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार