Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमामा अलपत्र नेपाली नागरिकका विषयमा सरकारले गर्याे यस्ताे निर्णय

    सीमामा अलपत्र नेपाली नागरिकका विषयमा सरकारले गर्याे यस्ताे निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा अलपत्र परेका नेपालीहरुलाई आउन दिने भएको छ । तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । यात्रु आवतजावतमा सरकारले राेक लगाए पनि नेपाली नागरिककाे लागि भने केही समयकाे लागि खुला गरेकाे छ।

    सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो । तर भारतबाट नेपालीहरु आउने क्रम रोकिएको छैन। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलकाअनुसार अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउने दिन निर्देशन दिइएको छ । साथै उनीहरुको सबै विवरण लिने र १४ दिन होम क्वारेन्टाइनमा बस्न भनिनेछ ।



    क्वारेन्टाइनमा बसेका वेला उनीहरू सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीको निगरानीमा हुनेछन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार