Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काेरोनाका कारण विप्लव समूहले गर्याे यस्ताे घोषणा

    काेरोनाका कारण विप्लव समूहले गर्याे यस्ताे घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूहले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण सरकारविरूद्दकाे आफ्ना कारबाहीहरु बन्द गरेको जनाएको छ ।

    पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दै ‘आक्रामक कारबाही’ बन्द गरिएको जनाएका हुन् । विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कारोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा अवगत गराउँछौं ।’



    विप्लवले यो बेला देशका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘तत्काल पार्टी कार्यकर्ता तथा जनसेनालाई आफू सचेत बन्दै आमजनतालाई कारोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ ।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार