Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • चीनका लागि प्रस्तावित राजदूत पाण्डेको नाम अनुमोदन

    चीनका लागि प्रस्तावित राजदूत पाण्डेको नाम अनुमोदन

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

    सोमबार सिंहदरबारमा बसेको बैठकले पाण्डेको नाम अनुमोदन गरेको समितिको सचिवालयले जनाएको छ। पाण्डेविरुद्ध १० दिने समयअवधिमा एउटा पनि उजुरी नपरेपछि संसदीय सुनुवाइमा सर्वसम्मत अनुमोदित भएका हुन्।



    पाण्डेले सुनुवाइका क्रममा नेपाल र चीनबीचको आर्थिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए।

    फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको थियो।

    संसदीय सुनुवाइ समितिले फागुन २८ गते पाण्डेविरुद्ध सार्वजनिक गुनासो तथा उजुरी आह्वान गरेको थियो। पाण्डेविरुद्ध आइतबारसम्म संसदीय सुनुवाइ समिति सचिवायलयमा कुनै पनि उजुरी परेन। समिति सचिवालयले कुनै पनि उजुरी नपरेपछि सोमबार बैठक बोलाएको हो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार