Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • काठमाडौंमा एक जनामा कोरोना संक्रमण, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टि

    काठमाडौंमा एक जनामा कोरोना संक्रमण, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण काठमाडौंमा पनि देखिएको छ ।

    चैत ४ गते मंगलवार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया किशोरीमा कोरोनाको संक्रमण देखिएको हो।



    होम क्वारेन्टाइनमा रहेकी ती किशोरीमा कोरोना भाइरस ( कोभिड–१९) का संक्रमण देखिएको सोमवार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    हिजो टेकुको प्रयोगशालमा स्वाब परीक्षणमा पोजेटिभ देखा परेको हो। यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तर, उनी उपचारपछि घर फर्किसकेका छन्।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार