Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सौराहाका सबै होटल, निकुञ्ज र संग्राहलय बन्द

    सौराहाका सबै होटल, निकुञ्ज र संग्राहलय बन्द

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.4K
    SHARES

    फाइल तस्विर

    चितवन । नेपालमा पनि कोरोना भाईरसको त्रास बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटलहरु, निकुञ्ज  र  संग्राहलय बन्द भएका छन् ।

    क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार होटलहरुले सूचना टाँसेर सेवा बन्द गरेका हुन् । कोरोनाको जोखिम न्यूनीकरण गर्नका लागि भन्दै होटलहरु बन्द गरिएको उनले बताए ।



    चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रबेशद्धार सौराहामा १ सय १५ वटा साना ठूला होटल रहेका छन् ।



    यसैबीच कोरोनाकै त्रासका कारण चितवन राष्ट्रिय निकुञ्ज भित्र प्रबेश बन्द गरिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले निकुञ्ज प्रबेशको टिकट काउण्टर बन्द गरिएको जानकारी गराए । सौराहाको थारु सांस्कृतिक संग्राहलय पनि बन्द भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार