Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सर्वोच्च अदालतमा आज तीनवटा मुद्दा

    सर्वोच्च अदालतमा आज तीनवटा मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौँ । सोमबार सर्वोच्च अदालतमा तीनवटा बन्दी प्रत्यक्षीकरणका निवेदनहरु पेशी सूचीमा परेका छन् । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि शुक्रबार बसेको सर्वोच्चको‘फूल कोर्ट’ ले बन्दी प्रत्यक्षीकरणका निवदेनबाहेक अरु मुद्दाको सुनुवाइ चैत २१ गतेसम्मका लागि स्थगित गरेको छ ।

    न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा दुईवटा निवेदन परेका छन् भने प्रकाशमान सिंह राउतको एकल इजलासमा एउटा मुद्दा परेको छ । दुईवटा निवेदन महानगरीय प्रहरी परिसर भक्तपुर र ललितपुरले राखेको थुनुवासँग सम्बन्धित छन् ।



    अर्को मुद्दा भने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चो विरुद्ध परेको हो । आइतबार सातवटा बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता भएकोमा छ वटामा थुनुवालाई थुनामुक्त गर्न आदेश दिएको थियो ।



    सर्वोच्च अदालत, विषेशसहित देशभरका उच्च अदालत, जिल्ला अदालतहरु अनि विभिन्न न्यायाधीकरणहरुको काम कारबाही चैत २१ गतेसम्म स्थगित भएको छ ।बन्दी प्रत्यक्षीकरणको निवेदन भने सर्वोच्च, उच्च र जिल्ला अदालतहरुमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार