Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोनाभाइरस प्रभाव: धितोपत्र बजार बन्द

    कोरोनाभाइरस प्रभाव: धितोपत्र बजार बन्द

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । चीन सुरू भइ विश्वभर काेराेना भाइरस महामारीकाे रूप लिएकाे अवस्वथामा नेपालको धितोपत्र बजार बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले चैत १० गते देखि पाँच कारोबार दिनका लागि धितोपत्र बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई आदेश दिएको हो ।

    धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा १ को खण्ड (घ) मा बोर्डको विशेष अधिकार अन्र्तगत लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था रहेको छ ।



    धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्ज लि. सँग परामर्श गर्दा कोरोनाभाइरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएकोले कोरोनाभाइरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइ दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्न आवश्यक देखिएको बोर्डले जनाएको छ ।



    ‘कोरोनाभाइरसको त्रासबाट सिर्जित विषम परिस्थिति र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको परामर्श समेतलाई मध्यनजर गरी लगानीकर्ताहरुको हकहित प्रवद्र्धनका लागि धितोपत्र बजारमा भैसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्र्यौट गर्ने/गराउने गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा १ को खण्ड(घ) बमोजिम बोर्डको विशेषाधिकार प्रयोग गरी यही मिति २०७६ चैत १० गते देखि पाँच (५) कारोबार दिनका लागि धितोपत्र बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्ज लि. लाई आदेश दिने निर्णय भएको हो,’ प्रवक्ता निरज गिरीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार