Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ६ दशककाे इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

    ६ दशककाे इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडाैँ । नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ ।कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आइतबार राति १२ बजेदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो ।

    नेपालले ०१५ सालदेखि अन्तर्राष्ट्रिय उडान थालेको हो । भूकम्प र ठुल्ठूला आन्दोलनका वेलासमेत अन्तर्राष्ट्रिय उडानमा रोक लागेको इतिहास छैन ।सरकारको निर्णयले विभिन्न कामको सिलसिलामा नेपालमा रहेका १० हजार विदेशी नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । विदेशमा रहेको लाखौँ नेपाली पनि स्वदेश फर्कन पाउने छैनन् ।



    सरकारको निर्देशनपछि एयरलाइन्स कम्पनीहरूले हवाई भाडाको अधिकतम मूल्य ३६ प्रतिशतसम्म घटाएका छन् । आन्तरिक उडानका तीन ठूला एयरलाइन्स कम्पनीले सबै क्षेत्रको अधिकतम भाडादर घटाएर सार्वजनिक गरेका छन् ।



    कोरोना भाइरस सन्त्रासका कारण काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेपछि एयलाइन्स कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा लिन थालेका थिए ।तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार तत्कालका लागि अधिकतमको सीमा घटाएर भाडा तोक्न निर्देशन दिएका थिए । एयरलाइन्स कम्पनीहरूले आइतबार नयाँ भाडादर तोकेका हुन् ।

    व्यवसायीले लिएको भाडा सरकारले नै तोकेको सीमाभित्रै रहे पनि जनतामा मार परेको गुनासो आएपछि सबै एयरलाइन्सले भाडादर घटाएको वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता योगराज कँडेलले बताए । घटाइएको भाडादर सोमबारदेखि नै कार्यान्वयनमा जाने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

    वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै विराटनगरको अधिकतम भाडा पाँच हजार पाँच सय कायम गरिएको जनाएको छ । अहिले विमान कम्पनीले सात हजार नौ सयसम्म लिँदै आएका थिए ।

    त्यस्तै, ६ हजार पाँच सय ४० अधिकतम भाडा रहेको राजविराजका लागि चार हजार दुई सय र नौ हजार आठ सय भाडादर रहेको भद्रपुरका लागि ६ हजार दुई सय नयाँ भाडा तोकिएको छ ।

    त्यस्तै, १० हजार ६ सय भाडा रहेको नेपालगन्जका लागि ६ हजार तीन सय र धनगढीका लागि सात हजार नौ सय तोकेको छ ।

    यसअघि धनगढीका लागि एयरलाइन्स कम्पनीहरूले १४ हजारसम्म भाडा लिने गरेका थिए । पाँच हजार तीन सय अधिकतम भाडा रहेको पोखराको अब तीन हजार सात सय नयाँ भाडा तोकिएको छ । ‘यो भाडादर चैत २१ गतेसम्म लागू हुनेछ,’ संघको विज्ञप्तिमा भनिएको छ ।

    तारे होटेलका कर्मचारीलाई एक महिना तलबी बिदा

    तारे तथा ठूला होटेलले कर्मचारीलाई एक महिना बिदा दिने निर्णय गरेका छन् । होटेल संघ नेपाल ९हान०ले अत्यावश्यक सेवामा कार्यरत कर्मचारी तथा श्रमिकबाहेक अन्य कर्मचारी र श्रमिकलाई एक महिना बिदामा पठाउने निर्णय गरेको छ । तर, परिस्थितिको समीक्षा गरी यो समय भने हेरफेर हुने संघका प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।

    कस्ता एयरलाइन्स नेपाल आउन पाउँछन् ?

    अन्तर्राष्ट्रिय उडानमा रोक लगाइए पनि आकस्मिक सेवासहितका एयरलाइन्सले भने नेपाल आउन पाउने छन् ।

    त्यस्तै, विदेशमा रहेका नेपालीको पनि उद्धार गर्न सकिने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । उनका अनुसार नेपालमा अझै १० हजार विदेशी नागरिक रहेको अनुमान छ । सरकारले गत सातादेखि पर्यटक भिसामा आउन ५५ देशलाई रोक लगाएको छ ।आजको नयाँ पत्रिकाबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार