एजेन्सी । एक घण्टा भन्दा छोटो समयभित्रै कोरोना भाइरस संक्रमण भएको वा नभएको पहिचान हुने परीक्षण विधि अमेरिकामा पत्ता लागेको छ ।
क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ ४५ मिनेटभित्रै पत्ता लगाउने नयाँ परीक्षण प्रविधि सार्वजनिक गरेको हो । जसलाई औषधि तथा खाद्य प्रशासन (एफडीए) ले स्वीकृति दिएको हो ।
कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले नयाँ प्रविधि निकालेको हो । अब यसमार्फत आगामी साताबाट विभिन्न अस्पतालले टेस्ट सुरु गर्नेछन् । अमेरिकाको क्यालिफोर्निया अति प्रभावित सहरमध्ये एक हो ।
Leave a Reply