Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • न्युयोर्कमा रहेका एक नेपालीमा कोरोना संक्रमण, दुईदिनदेखि भेन्टिलेटरमा

    न्युयोर्कमा रहेका एक नेपालीमा कोरोना संक्रमण, दुईदिनदेखि भेन्टिलेटरमा

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं। न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका लागि पुगेका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । ५० बर्षका ती व्यक्ति एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए ।

    प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि पाँचदिन अगाडि आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । दुईदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको छ ।



    न्युयोर्कको ज्याक्सनहाइट नजिकै बस्दै आएका ती व्यक्तिलाई अहिले परिवारका सदस्यहरुलाई पनि भेट्न दिइएको छैन । आफूहरुले डाक्टर र नर्ससँग कुराकानी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको र अहिले स्वासप्रस्वासमा समस्या आएकाले भेन्टिलेटरमा राखिएको जानकारी पाएको उनका छोराले जानकारी दिए । -खसोखास



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार